सरकारी क्षेत्रमा अनौठो सफलता प्राप्त गर्ने सात राशिहरू : हेर्नुहोस् आजको राशिफल

प्रकाशित मिति : २५ फाल्गुन २०७८, बुधबार  ६ : ३९


आजको दिन : २०७८ फाल्गुन २५ ,बुधबार ,फाल्गुन शुक्ल सप्तमी ,कृतिका नक्षत्र| मार्च ९ २०२२ ,शुभ रङ्ग :हरियो ,शुभ दिशा : पूर्व 

मेष राशि 

तपाईको आजको दिन सामान्य  रहने छ  | हरेक किसिमका बाधाव्यवधानलाई  सजिलैसँग   सामना गर्नसक्ने  क्षमता प्राप्त हुनेछ |  रोजगारमा बढुवाको योग छ | आफन्तका लागि धन खर्च हुने देखिन्छ |

बृष राशि 

नया कार्य गर्ने समय हो  |  सामाजिक मान प्रतिष्ठाबढ्ने देखिन्छ  | खराब संगतबाट जोगिएर व्यवहारमा सम्पन्न गर्न  सक्नु हुनेछ |

 मिथुन राशि

समय प्रतिकूल रहने छ | शारीरिक तथा मानसिक पीडा देखा पर्ने छ | सोचाइ र कामको तालमेल नमिल्दा कस्ट मिल्ने छ |  सामाजिक सेवाको पक्ष भने बलियो देखिन्छ  | यहाँले सेतो र हरियो रङको  वस्त्र  प्रयोग गरेमा  दिन बलियो भएर जाने देखिन्छ |

कर्कट राशि

आज तपाईंको दिन त्यति राम्रो देखिँदैन | सानो सानो कुरामा पनि बाबा व्यवधानहरु आइलाग्छन्  | आफ्नो   व्यवहारलाई  सम्यमित राख्नु  धेरै अर्थपूर्ण देखिन्छ |  गणेशको प्रार्थना बढी फलदायी रहने छ  |

सिंह राशि

सिंह राशि हुने तपाई जातकको आजको दिन मध्यम छ | सरकारी वा प्रशासनिक क्षेत्र राम्रो छ भने स्वास्थ्यले भने साथ नदिने देखिन्छ |  यदि यात्रा गर्ने परेमा पूर्व दिशाको यात्राबाट मात्र दिनको  शुभारम्भ गर्न  सक्नुहुनेछ |

कन्या राशि

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि  नबनेका  कामले  आज गति प्राप्त गर्नेछन् | आफ्नो प्रशंसा  सर्वत्र  देखिन्छ | आर्थिक क्षेत्र फलदायी देखिन्छ  | पश्चिम या उत्तर दिशाको यात्रा यहाँका लागि बढी अर्थपूर्ण देखिन्छ |

तुला राशि

तुला राशि हुने तपाईको  आजको दिन  राम्रो छ  | आर्थिक पाटो मजबुत भएर जाने देखिन्छ भने स्वास्थ्य भने  केही मात्रामा असहज परिस्थिति  सिर्जना  गर्नसक्छ |   शनिदेवको प्रार्थना कालो वस्त्र तथा फलाम दान गर्नाले यहाँले असहजता बाट मुक्ति प्राप्त गर्नुहुनेछ |

वृश्चिक राशि

तपाइको आजको दिन अत्यन्त शुभ रहनेछ | आफूलाई घरपरिवार र समाजमा स्थापित गराउने समय रहनेछ | सबैले तपाईंको खुलेर प्रशंसा गर्छन् | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ |  सन्तान बाट पनि खुसी  प्राप्त  हुने देखिन्छ | धेरै समयपछि आफ्नो  साथी तथा इष्टमित्रलाई भेट्न पाउँदा  म न  धेरै खुसी हुने  देखिन्छ |

धनु राशि

आज तपाईंको दिन  मिश्रित अवस्थाको छ | यात्रा गर्दा अन्य सावधानी अपनाउनुहोला | यात्रामा  लाग्दा हनुमानको  स्मरण  गरेमा दुर्घटनाबाट बच्न सकिन्छ | आर्थिक र व्यवसायिक क्षेत्रमा गरेका लगानी अर्थपूर्ण देखिन्छ |   अनावश्यक  आरोप  लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस  सफलता प्राप्त गर्नुहुनेछ |

मकर राशि

मकर राशि हुने तपाइको आजको दिन अत्युत्तम रहेको छ | बिहानैदेखि तपाईंमा जागर  बढ्नेछ | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ | साथीभाइहरूसँग  जमघट  हुने  योग छ |  आफूलाई दक्ष व्यक्तिका रूपमा परिवार तथा समाजमा स्थापित गराउन सक्नुहुनेछ |

कुम्भ राशि

आजको दिन तपाईंको लामो समय उठ्न रहेको रकम प्राप्त हुने योग   हो | आफूलाई   अरूसामु दरिलो   रुपमा  प्रस्तुत गराउन सफल हुनुहुनेछ |पूर्व  दिशा  सेतो रङको  वस्त्र  धारणले तपाईंको दिन प्रभावकारी  बनाउन सहयोग गर्छ | सबैका सामू एक होनहार व्यक्तिका रूपमा चिनाउन्नु हुने छ |

मीन राशि

तपाइको आजको दिन अत्यन्त लाभदायी रहेको छ | मन प्रफुल्लित हुनुका साथै खुसी साटासाट गर्ने  अवसर प्राप्त हुनेछ |सु समाचार सुन्ने अवसर आउने छ  | तपाईंको आत्मबल झनै  बढेर जाने  देखिन्छ |  आर्थिक पाटोबाट पनि आजको दिन यहाँका लागि अर्थपूर्ण साबित हुनेछ |

 


प्रतिक्रिया दिनुहोस्