बाग्लुङमा काँग्रेस उम्मेदवारको अग्रता

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ९ : १०


बाग्लुङ । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । 

१ हजार ८ मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

काँग्रेसका उम्मेदवार जितबहादुर शेरचनले ५२५ मत प्राप्त गर्नु भएको छ । नेकपाको समर्थनमा उम्मेदवारी दिएका जनमोर्चाका खिमबहादुर शाहीले ३८६ मत प्राप्त गर्नुभएको छ।

समाजवादीका अशोक विकको ७०, स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ६ र राप्रपा संयुक्तका निमबहादुर भण्डारीको २ मत छ ।


प्रतिक्रिया दिनुहोस्