धरान उपमहानगरमा काँग्रेसले नेकपालाई उछिन्यो

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ८ : ४२


धरान । रिक्त स्थानका लागि शनिवार भएको उपनिर्वाचनको मतपरिणाम आइरहेको छ ।

चासोका साथ हेरिएको धरान उपमहानगरपालिको मेयरका लागि भएको उपनिर्वाचनको मतगणना जारी छ ।

पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका उम्मेद्वार तिलक राईले नेकपाका उम्मेद्वार प्रकाश राईलाई ४३४ मतले पछि पार्नु भएको छ । वडानम्बर १६ को मतगणना सकिदा तिलक राईले अग्रता लिनुभएको हो ।

उहाँले ६ हजार ८५७ मत ल्याउँनु भएको छ भने प्रकाश राईले ६ हजार ४२३ मत प्राप्त गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्