काठमाडाैं । भारतको राजधानी दिल्ली स्थिति एक अस्पतालको बैंक खाताबाट १२ करोड चोरी भएको छ । दिल्ली स्थिति अखिल भारतीय आयूर्विज्ञान संस्थाको अलग अलग बैंक खाताबाट १२ करोड चोरी भएको हो । दिल्ली प्रहरीका अनुसार उक्त अस्पतालका निर्देशकको खाताबाट ७ करोड र डिनको खाताबाट ५ करोड भारु निकालिएको जनाएको छ ।
केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई पठाएको गोप्य रिपोर्टमा अस्पतालका अधिकारीले पठाएको सूचनाको आधारमा एसबीआई बैंकले यस्तै अन्य खातावालाहरुको पैसा चोरी हुन सक्ने भएकोले देश भरीका बैंकका शाखाहरुमा हालर्टमा राखेको छ ।