रामेछापको उमाकुण्ड ५ मा नेकपाका कुलबहादुर बस्नेत विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ६ : १७


काठमाडौं । रामेछापको उमाकुण्ड गाउँपालिका– ५ वडामा अध्यक्ष पदमा नेकपाका उम्मेदवार कुलबहादुर बस्नेत विजयी हुनुभएको छ । बस्नेत ७ सय ६९ मत प्राप्त गरी वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।

प्रतिद्धन्दी नेपाली कांग्रेसको तर्फबाट सावित्री सुनुवारले ३ सय ८० मत प्राप्त गर्नुभयो। जम्मा १ हजार ७ सय ४८ जना मतदाता रहेकामा १ हजार १ सय ७३ जना मतदाताहरुले मतदानमा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्