कबड्डी ४–द फाइनल म्याचको गीत ‘केसरी’ सार्वजनिक (भिडिओ)

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ५ : १५


काठमाडौं। कबड्डी चलचित्र सेरिजको अन्तिम फिल्म ‘कबड्डी ४–द फाइनल म्याच’लाई नेपाली दर्शकहरुले बेग्र रुपमा प्रतिक्षा गरिरहेका छन्।

असफल प्रेमी काजीको भूमिकामा दयाहाङ राईलाई कबड्डी सेरिजमा खुबै रुचाइएको छ।

दर्शकहरुले अन्तिम चलचित्रमा काजीले प्रेमी पाउँछन् कि पाउँदैन् भन्ने जिज्ञासा मेट्न चलचित्र नै हेर्नुपर्ने निर्माण टिमले बताएको छ।

यसबीचमा कबड्डी ४ को नयाँ गीत ‘केसरी’ युट्युबमा सार्वजनिक भएको छ। जहाँ बम काजी सौगात मल्ल र काजी दयाहाङ मल्ल र अभिनेत्री मिरुनाबीचको ट्र्यांगल लभ देखाइएको छ।

यस गीतका गीतकार राम अबिरल विष्ट हुन्। गीतमा संगीत र स्वर एसडी योगीको रहेको छ।

(भिडिओ)


प्रतिक्रिया दिनुहोस्