दाङ ३ (ख) को पछिल्लो अपडेट : नेकपाको अग्रता कायमै, कसले कति पाए ?

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ५ : ५७


काठमाडौं । दाङ क्षेत्र नं. ३ को प्रदेशसभा २ मा नेकपाले अग्रता लिएको छ । दाङको बबई गाउँपालिका वडा नं. १ को मतगणना सकिँदा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार विमला ओलीले १९०६ मत प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार केशव आचार्यले ११३४ मत प्राप्त गर्नुभएको छ ।

घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभाहलमा मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । मतगणना आज बिहान ९ः०० बजेबाट शुरु गरिएको हो । मतगणना वडागत रुपमा शुरु गरिएको छ । शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।


प्रतिक्रिया दिनुहोस्