काठमाडौं। नेपालको पहिलो बिस्कुट कम्पनी नेबिकोले नयाँ प्रोडक्टहरु सार्वजनिक गरेको छ।
नेबिको प्राइभेट लिमिटेडले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी डी-५० डाइजेस्टिभ बिस्कुट, कुरुमकुरुम चिउरा, नाइस मिल्क कुकिज र सल्टिपिनट लन्च गरेको हो।
डि-५० बिस्कुटको मूल्य ५० रुपैयाँ, चिउराको एक केजिको ९५ रुपैयाँ, कुकिजको ५० रुपैयाँ र पिनट ३५ ग्रामको २० रुपैयाँ मूल्य रहेको नेबिकोका ब्रान्ड म्यानेजर अरुण पौडेलले जानकरी दिए।
नेबिकोले यही महिना भित्र थप दुई उत्पादन सार्वजनिक गर्ने समेत जानकारी दिएको छ।
जसमा डिसेन्ट बिस्कुट र चिज रिङ चिजबल रहनेछन्।
नेपालको पहिलो विस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिको बि.सं २०२० सालमा स्थापना भएको हो। जसको आज कयौं नेपाली ब्रान्डका बिस्कुटहरु बजारमा रहेका छन्।