नेपाली ढाका टोपीमा सजिए सुपरस्टार अमिताभ बच्चन

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : ४७


काठमडौं। बलिउडका बादशाह भनेर चिनिने भारतीय सुपरस्टार अमिताभ बच्चनले नेपाली ढाका टोपीमा खिचेको तस्बिर सार्वजनिक गरेका छन्।

इन्स्टाग्राममा उनले नेपालीहरुको राष्ट्रिय पोशाक अन्तर्गतको ढाका टोपी लगाएर फोटो सेयर गरेका हुन्।

तस्विरमा उनी निकै हर्षित मुद्रामा देखिन्छन्। नेपाली फ्यानको ध्यान खिच्न र माया प्राप्त गर्न उनले ढाका टोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ।

 

View this post on Instagram

 

A post shared by Amitabh Bachchan (@amitabhbachchan)


प्रतिक्रिया दिनुहोस्