भोलि बैंक तथा वित्तीय संस्था बन्द रहने

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ४ : २७


काठमाडौं । मंगलबार बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन्।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बैंक तथा वित्तीय संस्था बन्द रहने छन्।

मंगलबार देशभरका बैंकहरु बन्द रहने राष्ट्रबैंकले जनाएको छ।

यसैगरी, भोलि सेयर बजार पनि बन्द रहने नेप्सेले जानकारी दिएको छ।

 


प्रतिक्रिया दिनुहोस्