काठमाडाैं । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको शनिबार भएको उपनिर्वाचनको प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अग्रस्थानमा रहेको छ । हालसम्म घोषणा भएका ४३ स्थानको मत परिणाममा नेकपाले २४ स्थानमा विजय हासिल गरेको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस १२ स्थानसहित दोस्रो स्थानमा र चार स्थानका साथ समाजवादी पार्टी नेपाल तेस्रो स्थानमा रहेको छ । राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवारले तीन स्थानमा विजय हासिल गरेका छन् ।
भक्तपुरको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् भने सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष र हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षमा नेकपा उम्मेदवार विजयी भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
उपनिर्वाचन भएको ४३ वडाध्यक्षमध्ये ४० स्थानको मतगणना सकिँदा नेकपा २२, काँग्रेस ११, समाजवादी पार्टी नेपाल चार र राजपा नेपालले तीन स्थानमा विजय हासिल गरेको छ । प्रतिनिधिसभा सदस्यको कास्की, प्रदेशसभा सदस्य बागलुङ र दाङको उपनिर्वाचनको मतगणना जारी छ ।
स्थानीय तहअन्तर्गत धरान उपमहानगरपालिका र महोत्तरीको पिपरा, पाँचथरको फागुनन्द गाउँपालिकामा पनि मतगणना जारी छ । यस्तै तीन वटा वडाको अन्तिम मतपरिणाम पनि आउन बाँकी छ ।
कसले कहाँ जिते ?
नेकपाले जितेका वडा अध्यक्ष
१. जनक बुढा, थबाङ गाउँपालिका–१, रोल्पा
२. धर्मे बुढाथोकी, कुमाख गाउँपालिका–५, सल्यान
३. कृष्ण बहादुर तामाङ, पुर्नवास नगरपालिका- ३ कञ्चनपुर
४. केदारनाथ आचार्य, इन्द्रावती गाउँपालिका–८, सिन्धुपाल्चोक
५.रामबहादुर बोहरा, आदर्श गाउँपालिका–२, डोटी
६. मनराज बुढा, त्रिवेणी नगरपालिका–१, बाजुरा
७. देवप्रसाद कोइराला, धुलिखेल नगरपालिका–२, काभ्रेपलाञ्चोक
८. गिरीप्रसाद सिञ्जाली, रुरु क्षेत्र गाउँपालिका–६, गुल्मी
९. खिमबहादुर थापा खरु मगर, बौदीकाली गाउँपालिका–५ नवलपरासी पूर्व
१०. दिलीपकुमार यादव, कल्याणपुर नगरपालिका–१२ सिरहा
११. जीतेन्द्र राई, पौवादुङमा गाउँपालिका–१, भोजपुर
१२. शैलेन्द्र धानुक, पुर्चौंडी गाउँपालिका–४ बैतडी
१३. भरत घिमिरे, खाँदबारी नगरपालिका–३ सङ्खुवासभा
१४. गजाधर भट्टराई, फिदिम नगरपालिका–१, पाँचथर
१५. ढालेन्द्र शेरचन, बडिगाड गाउँपालिका–२ बागलुङ
१६. नवीन कुमार श्रेष्ठ, सुन्दरबजार नगरपालिका– २, लमजुङ
१७. रमेश खड्का, मेल्लेख गाँउपालिका–५, अछाम
१८. दिलिप कुमार यादव, कल्याणपुर नगरपालिका–१२, सिरहा
१९. मुक्ति पोख्रेल, प्यूठान नगरपालिका–२, प्यूठान
२०. शिवकला राई, साकेला गाउँपालिका- ३, खोटाङ
२१. कुलबहादुर बस्नेत, उमाकुण्ड गाउँपालिका–५, रामेछाप
२२. शिवभक्त वलामी, दक्षिणकाली नगरपालिका- ३, काठमाडौं
२३ तेजबहादुर पोखरेल, मकालु गाउँपालिकाको अध्यक्षमा, संखुवासभा
२४.रुपा शाही, खर्पुनाथ गाँउपालिका उपाध्यक्ष, हुम्ला
नेपाली कांग्रेसले जितेका वडा
१. गजेन्द्रबहादुर चन्द, सुर्नया गाउँपालिका- १, बैतडी
२. ताराबहादुर डीसी, घोराही उपमहानगरपालिका- १६, दाङ
३. नारायण प्रसाद साह, धनपालथान गाउँपालिका- २, मोरङ
४. शोभाखर खनाल, मालारानी गाउँपालिका– ३ अर्घाखाँची
५. अमृतराज हमाल, भरतपुर महानगरपालिका- १६, चितवन
६. देवबहादुर बस्नेत, खैरहनी नगरपालिका- ४, चितवन
७. प्रतिमा बस्नेत कार्की, खैरहनी नगरपालिका- ५, चितवन
८. दीपेन श्रेष्ठ, गढीमाई नगरपालिका- २ रौतहट
९. तिलविक्रम इधिंगो, हिलिहाङ गाउँपालिका- ७, पाँचथर
१०. सुरेन्द्रप्रसाद भट्ट, दोगडाकेदार- ४, बैतडी
११. बिपिन पंजियार सुडी, बलवा नगरपालिका- २, महोत्तरी
प्रदेशसभा
कृष्णलाल भँडेल,भक्तपुर क्षेत्र नम्बर १ (क) (नेपाली काँग्रेस)
राजपाले जितेका वडाहरु
१. मन्जु मिश्र, शिवराज नगरपालिका १०, कपिलवस्तु
१. रामबाबु नायक, मटिहानी नगरपालिका( ६, महोत्तरी
२. प्रमिलादेवी यादव, छिन्नमस्ता गाउँपालिका–७, सप्तरी
संघीय समाजवादी पार्टीले जितेका वडाहरु
१. श्यामबाबु राय, हरिपूर्वा नगरपालिका १ सर्लाही
२. रुपलालकुमार यादव, सखुवाप्रसौनी गाउँपालिका ५, पर्सा
३. सुरेश चौधरी, बारागढी गाउँपालिका–१, बारा