पल शाह र नाबालिग गायिकाको फोटो राखेर अश्लिल पोष्ट गर्ने युवक पक्राउ

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ३ : ५६


काठमाडौंं । अभिनेता पल शाह प्रकरणमा नाबालिग र नाबालिग गायिकाको फोटो राखेर अश्लिल पोष्ट गर्ने युवक पक्राउ परेका छन्।

नेपाल प्रहरीको साइबर ब्युरोले ललितपुरका २९ वर्षीय दीपु भनिने विकास महर्जनलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ।

फेसबुकमा नाबालिगको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा मर्हजनलाई पक्राउ गरेको ब्यूरोले जनाएको छ।

जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको छ।

नाबालिगमाथि बलात्कार आरोपमा तनहुँ कारागारमा रहेका पल शाहको विषयमा भिडियो बाउन महर्जनले नाबालिगमाथि असभ्य टिप्पणी गरेका थिए।

 

 


प्रतिक्रिया दिनुहोस्