काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । शुक्रबार सुन तोलाको ७१ हजार ३ सय रुपैयामा कारोबार भइरहेकोमा आज प्रति तोलामा ३ सय रुपैयाँले बढेर प्रति तोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार तेजावी सुनको भाउ ७१ हजार ३ सय रुपैयाँ निर्धारण गरेको छ । त्यस्तै यस दिन चाँदीको भाउ स्थिर रहेको छ । शुक्रबार चाँदी प्रति तोला ८५५ रुपैयाँमा कारोबार भैरहेको आज पनि ८ सय ५५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।