पोखरा । कास्की क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी छ।
पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेद्वार विद्या भट्टराईको अग्रता कायमै रहेको छ।
प्रारम्भिक मतगणनामा अग्रता लिनुभएकी विद्या भट्टराईले अग्रता बढाउँदै लग्नुभएको हो। पोखरा महानगरपालिका-२२ को मतगणना सकिदाँ
विद्याले ८२६५ मत प्राप्त गर्नुभएको छ भने कांग्रेस उम्मेदवार खेमराज पौडेलको पक्षमा ३६८२ मत गरेको छ। अहिले पोखरा महानगरपालिका-३३, २१ र २० वडाको मतगणना सकिएको छ।
कास्की २ मा भएको उपनिर्वाचनमा ४५ हजार ५ सय ६३ मत खसेको छ। यो निर्वाचन क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाता थिए। ६३ दशमलब ४० प्रतिशत मात्र मत खसेको हो ।
पोखरा महानगरको ११ वटा वडा यो क्षेत्रमा पर्छ। यहाँ ३२ मतस्थलमा ८२ वटा मतदान केन्द्र थिए।