रुसले भन्योः सर्वसाधारणको ज्यान जोगाउन आक्रमण रोक्छौं

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ५१


क्रेमलिन। युक्रेनका विभिन्न क्षेत्रमा युद्धका कारण फसेका नागरिकलाई जोगाउन र स्थान्तरण गर्न रुसले आक्रमण रोक्ने जनाएको छ।

युद्धग्रस्त क्षेत्रमा फसेका सर्वसाधारणले युद्ध विराम भएको समयमा विभिन्न क्षेत्रहरु छाड्नुपर्ने रुसी सर्त रहेको छ।

रुसको रक्षा मन्त्रालयका अनुसार सोमबार १० बजेदेखि किभ, खारकिभ, मारियुपोल र सुमी क्षेत्रमा रुसी आक्रमण रोकिएको छ।

रुसले युद्ध विराम गरेर सर्वसाधारणलाई स्थान्तरण गर्न सहयोग गरेको बताएको छ। यद्यपी युक्रेनले यस विषयमा केही जानकारी दिएको छैन।

यसअघि रुस र युक्रेनबीच युद्ध विरामको समझदारी भएको थियो। तर मानिसहरु सुरक्षित स्थानमा सर्दासर्दै पुनः आक्रमण सुरु भएपछि सर्वसाधारण युद्धग्रस्त क्षेत्रमै फसेका थिए।

रुसले युक्रेनका सेनाले गोली चलाएकाले युद्ध विराम भंग भएको बताएको थियो। युक्रेनले पनि रुसले युद्ध विरामको उल्लंघन गरेको आरोप लगाएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस्