पोखरा । पोखरा महानगरपालिका–२० मा रहेको मौजामा ढिस्कोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्।
रिटेरिङ वाल लगाउने क्रममा आएको सुख्खा पहिरोले ५ जना पुरिएकोमा ३ को मृत्यु भएको वडाध्यक्ष सीम गुरुङले जानकारी दिनुभयो।
घाइते दुई जनाको उद्धार गरेर उपचारका लागि अस्पताल पठाइएको छ।