ललितपुरमा २ दिनको शिशुसहित एकै परिवारका पाँच जनाको मृत्यु

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १२ : ०५


ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ ।

कोन्ज्योसोम गाउँपालिका–४ नल्लुको एउटा घरका चार जना सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका थिए भने एक जनाको अस्पताल पुर्‍याएसँगै मृत्यु भएको हो।

मृत्यु हुनेमा २ दिनको शिशुसमेत रहेको प्रहरीले जनाएको छ । यस्तै गम्भिर अवस्थामा रहेका एक जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ। मृत्यु हुनेमा ५५ वर्षीया काइली स्याङताङ, ९ वर्षीय आशीष, २३ वर्षीया सुस्मा, ७ वर्षीया आस्मा र दुई दिनको शिशु रहेको पोखरेलले जानकारी दिए। बुवा २३ वर्षीय शुभाम स्याङताङको भने पाटन अस्पतालमा उपचार भइरहेको छ। यसबारे थप विवरण आउन बाँकी छ।


प्रतिक्रिया दिनुहोस्