रुसी आक्रमणमा जेलेन्स्की मारिए के हुन्छ? अमेरिका यस विषयमा यसो भन्छ…

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ११ : २९


वासिङ्टन। रुसले युक्रेनमा आक्रमण थालेको आज १२ दिन पुग्दैछ। रुसी आक्रमण रोकिने कुनै संकेत देखिएको छैन।

यसबीचमा आइतबार अमेरिकी टेलिभिजन सीबीएसले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनसँग रुसी आक्रमणमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की मारिएको खण्डमा के हुन्छ? भनेर प्रश्न गरेको थियो।

जवाफमा ब्लिंकेनले भनेका थिए कि त्यस्तो अवस्था आएमा युक्रेनको सरकारसँग आकस्मिक योजना छ।

उनले भनेका छन्,‘युक्रेनसँग यसको विषयमा योजना छ। म यो विषयमा विस्तारमा बताउन गइरहेको छैन। जसरी पनि त्यहाँ सरकार रहिरहन्छ।’

रुसले युक्रेनमा आक्रमण थालेको पहिलो हप्ता राष्ट्रपति जेलेन्स्कीले आफूलाई रुसी राष्ट्रपति भ्लादमिर पुटिनले मार्न चाहेको बताएका थिए। यद्यपी रुससँग आफूले आत्मसमर्पण नगर्ने र देश छाडेर नभाग्ने उनले अडान लिएका थिए।

अमेरिकाका अनुसार युक्रेन रुससँग झुक्दैन र त्यहाँका राष्ट्रपति मारिए पनि नयाँ सरकारले रुसका प्रतिकार गरिरहन्छ।

यो पनिः

-नेटो–युक्रेन र रुस संकटबारे बुझ्नै पर्ने पाँच मुख्य कुराहरु…

-युरोपकै सबैभन्दा कमजोर राष्ट्रपति ठहरिए हाँस्य कलाकार जेलेन्स्की!

-‘अमेरिकाले युक्रेनमा सेना पठाए तेस्रो विश्व युद्ध सुरु हुनेछ’

–कस्तो अवस्थामा रुसले परमाणु हतियार प्रयोग गर्नसक्छ?

-रुससँग हान्नका लागि तयारी अवस्थामा छन् १६ सय परमाणु अस्त्र, कोसँग कति छ?

-रुसले युक्रेन कब्जा गर्ला, तर के युक्रेनका नागरिकले पुटिनको शासन स्वीकार गर्लान्?


प्रतिक्रिया दिनुहोस्