रुसी सेनाको आक्रमणमा निर्दोष सर्बसाधारणको मृत्यु, एक महिला र उनका दुई सन्तान मारिए

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  १० : १४


किभ। युक्रेनमा रुसी सेनाले हमला गर्ने क्रम जारी छ। पछिल्लो हमलामा सर्बसाधारण नागरिक मर्ने क्रम बढ्दो छ।

राजधानी किभनजिकैको सहर इरपिनमा रुसी सेनाले गरेको फयरिङमा एक महिला र उनका दुई सन्तानको मृत्यु भएको छ।

रुसले किभमा बृहत हमलाको तयारी गर्न लागेको युक्रेनका सुरक्षा अधिकारीहरुले चेतावनी दिएका छन्। युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहेको र त्यहाँ मानवीय संकट गहिरिएको बताइएको छ।

यसैबीच, राष्ट्रसंघले युक्रेनबाट १५ लाख मानिस बिस्थापित भएको जनाएको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्