म्यानचेस्टर डर्वीमा सिटीको सानदार जित

प्रकाशित मिति : २३ फाल्गुन २०७८, सोमबार  ७ : २९


काठमाडौं । केबिन डे ब्रुयन र रियाद मेहरेज चम्किएपछि इग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर डर्वीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।आइतबार राति सिटीको घरेलु मैदान इतिहादमा भएको खेलमा पूरा समय खेल पकड राख्दै सिटीले युनाइटेडमाथि ४–१ अन्तरको जित निकालेको हो ।

पहिलो हाफमा २–१ ले अग्रता बनाएको सिटीले दोस्रो हाफमा थप २ गोल गर्दै शीर्ष स्थानमा बलियो रह्यो । केभिनले खेलको पाँचौ मिनेटमा गोल गर्दै सिटीको अग्रता बनाए । जाडोन सान्चोले २२औँ मिनेटमा गोल गर्दा भ्रमणकारी टोली युनाइटेड खेलमा फर्कियो ।

२८औँ मिनेटमा पुनः केभिनले गोल गर्दै दोस्रो पटक अग्रता लिए । यसपछि खेलको ६८ र ९०औँ मिनेट रियादले गोल गरेपछि सिटीले प्रभावशाली जित निकाल्यो ।

जितसँगै सिटीले पुनः तीन अंकको अग्रता लिएको छ । २८ खेल खेलेको सिटी ६९ अंकसहित शीर्ष स्थानमा छ । एक खेल कम खेलेको लिभरपुल ६३ अंकसहित दोस्रो स्थानमा छ । पराजित युनाइटेड भने २८ खेलबाट ४७ अंकसहित पाँचौ स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा घरेलु टोली वाट्फोर्डमाथि ३–२ अन्तरको रोमान्चक जित निकाल्दै आर्सनल शीर्ष चारमा उक्लियो ।


प्रतिक्रिया दिनुहोस्