भक्तपुरको पछिल्लो मतपरिणाम, कांग्रेसको फराकिलो अग्रता, पछिपछि नेकपा

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ३ : ५४


काठमाडौँ । भक्तपुर क्षेत्रनम्बर १ (क)मा प्रदेशसभा सदस्यका लागि शनिबार भएको उपनिर्वाचनको मतगणना जारी छ। 

चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना सकिँदा कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल २ हजार ४ सय ३६ मतअन्तरले अगाडि रहनुभएको छ। 

कांग्रेस उम्मेदवार भँडेलले १० हजार ३ सय ९५ मत प्राप्त गर्दा नेकपाका उम्मेदवार डीपी ढकालको पक्षमा ७ हजार ९ सय ५९ मत खसेको छ।

यसैगरी नेमकिपाका उम्मेदवार निरज लवजुको पक्षमा २ हजार २ सय ४७ मत खसेको छ। 


प्रतिक्रिया दिनुहोस्