नेकपालाई हराउँदै मोरङको धनपालथानमा कांग्रेस विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : ४८


काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका वडानम्बर २ मा नेपाली कांग्रेस विजयी भएको छ। 

कांग्रेसका नारायण प्रसाद साह १ हजार ७ सय १ मतसहित विजयी हुनुभएको हो। 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपाका पंकज मण्डलको पक्षमा १ हजार ४९७ मत खसेको थियो।

त्यस्तै राप्रपा संयुक्तका उम्मेदवार ज्योति पासवानले २४, जनमत पार्टीकी चनरादेवी मण्डलले ९, नेपाल लोकतान्त्रिक पार्टीका देवनारायण मण्डलले ८, मंगोल नेशनल अर्गनाइजेशनका मेघनाथ पासवानले ७ मत प्राप्त गर्नुभएको थियो।  

उहाँ ३ हजार २ सय ८४ मत खसेकोमा ३८ मत बदर भएको थियो।


प्रतिक्रिया दिनुहोस्