सुनसरी दुर्घटनाः ज्यान गुमाउने सातै जना एम्बुलेन्समा सवार यात्रु (नामसहित)

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : २९


सुनसरी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुनसरी एम्बुलेन्स र ट्रक ठोक्किँदा ज्यान गुमाउने सातै जना एम्बुलेन्समा सवार यात्रु रहेका छन्। 

विराटनगरमा उपचार गराएर घर फर्किने क्रममा एम्बुलेन्स कोसी गाउँपालिकाको हरिपुरमा भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ।

विराटनगरबाट उदयपुरतर्फ जाँदै गरेको को १ च ९३६४ नम्बरको एम्बुलेन्स र ना २ ख ९०८२ नम्बरको ट्रक गएराति एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटनामा उदयपुरका त्रियुगा नगरपालिका ९ का दुर्गाधन राई, टेकेन्द्र राई, तुलाबहादुर राई, मुकेश राई, दिनेश राई र शिवमाया राई र एम्बुलेन्स चालक राजेश दनुवारको ज्यान गएको ट्राफिक प्रहरी कार्यालयका प्रखुम एसपी भीम दाहालले जानकारी दिनुभयो।

सुनसरीमा ट्रक र एम्बुलेन्स ठोक्किँदा विरामीसहित ७ जनाको मृत्यु


प्रतिक्रिया दिनुहोस्