भक्तपुरमा नतिजा उल्टियो, नेकपालाई पछि पार्दै भारी मतले कांग्रेस अगाडि

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  २ : १५


काठमाडौँ । शनिबार सम्पन्न उपनिर्वाचनको जारी मतगणनामा भक्तपुर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेस उम्मेद्वार कृष्णलाल भंडेल भन्दा नेकपाका उम्मेद्वार देवी प्रसाद ढकाल ३ हजार १ सय ७० मतले पछाडि पर्नुभएको हो। 

कांग्रेसका भँडेलले ८ हजार ८ सय १ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी सत्तारुढ दल नेकपाका उम्मेद्वार देवी प्रसाद ढकालको पक्षमा ५ हजार ६ सय ३१ मत खसेको छ। 

त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार निरज लवजुले १ हजार ९ सय ५१ मत प्राप्त गर्नुभएको छ। 

यसअघि तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार हरिशरण लामिछाने विजयी हुनुभएको थियो। उहाँको गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त रहेको थियो।


प्रतिक्रिया दिनुहोस्