काठमाडाैं । निकै चासोका साथ हेरिएको धरान उपमहानगरपालिकाको उपनिर्वाचजको हालसम्मको मत परिणाम अनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार झिनो मतले मात्र अगाडि छन् । धरान उपमहानगरपालिकामा चार हजार ५ सय मतको मतगणना भएको छ ।
नेपाली कांग्रेसभन्दा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) १७ मतले अगाडि देखिएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माका अनुसार नेकपा बलियो मानिएका तीन वडामा नेकपा र नेपाली कांग्रेसको मतअन्तर जम्मा १७ रहेको छ ।