दाङको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी विजयी

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  १ : ४९


काठमाडाैं । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी वडाध्यक्षमा विजयी हुनुभएकाे छ । नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडाध्यक्षमा विजयी हुनुभएकाे हाे ।

नेपाली कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी हुनुभएकाे हाे । उहाँका प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गर्नुभएकाे छ । नेपाली कांग्रेसका डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडाध्यक्षमा निर्वा्चित हुनुभयाे ।

स्वतन्त्र उम्मेदवार जगलाल थारुले ७ सय २० मत ल्याएर तेश्रो हुनुभएकाे छ । समाजवादी पार्टीकी उम्मेदवार विमला पुनले ३१ मत, राप्रपाका प्रकाश केसीले १९ मत, नेशनल मंगोल अर्गनाईजेशन पार्टीका उम्मेदवार पहलमान आलेले ३० मत र अर्का स्वतन्त्र उम्मेदवार समिर वलीले २३ मत प्राप्त गर्नुभएकाे छ ।

वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए । जसमध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए । बुढाको निधन भएपछि वडा नम्बर १६ मा उपनिर्वाचन भएको हो ।


प्रतिक्रिया दिनुहोस्