मध्यरातमा विश्व प्रकाश शर्माको कडा व्यंग्य ‘हामी उस्तै त हो नि ब्रो’

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ३१


काठमाडौं । कास्कीको २ नम्बर निर्वाचन क्षेत्रमा मध्यरात सम्मपनी मतगणना सुरुहुन नसकेपछि नेपाली काङ्ग्रेसका प्रवक्ता विश्व प्रकश शर्माले चितवनको घटना स्मरण गर्दै नेकपालाई व्यंग्य गरेका छ्न । मद्य रातमा कास्कीका सिल नखोलिएक मतपेटिकाको फोटो राखेर एक ट्विट गर्दै उनले यस्तो लेखेका छ्न ।

आखिर किन हुन सकेन मतगणना ?

 आजैदेखि शुरु गर्ने भनिएको कास्की २ को मतगणना अझै शुरु हुन सकेको छैन । समाजवादी पार्टी र साझा पार्टीका प्रतिनिधिहरुले विवाद झिक्दा कास्की २ को मतगणना स्थगित भएको हो । 

मुख्य निर्वाचन अधिकृतले गैरजिम्मेवार अभिव्यक्ति दिएको आरोपसहित साझा र समाजवादीले त्यसको विरोध गरेका छन् । वडा नं ३३ को शान्ति उदय माध्यमिक विद्यालय केन्द्रको मतपेटिकाको सिल नं माग गर्दा मुख्य निर्वाचन अधिकृतले गैरजिम्मेवार जवाफ दिएको आरोप लगाउँदै समाजवादी पार्टीका टीकाराम पौडेल र साझा पार्टीका अर्जुन खनालले विवाद झिकेको बताइएको छ ।

सर्वदलीय बैठकले आजै १०.३० मा मतगणना सुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएर पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत बनेका स्व. रविन्द्र अधिकारीको वडा पोखरा ३३ बाट मतगणना गर्ने तयारी थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्