आज शनिबारको दिन पाँच राशिको चम्किदै छ भाग्य ……..

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : १०


आजको दिन : श्री सूर्यउत्तरायण , शुक्ल तैतल रेवती ,२०७८ फाल्गुन २१ ,शनिबार ,फाल्गुन शुक्ल तृतिया ,मार्च ५ २०२२

मेष राशि

तपाईको आजको दिन मध्यम  रहनेछ | हरेक किसिमका बाधाव्यवधानलाई  सजिलैसँग   सामना गर्नसक्ने तापनि कहिँ न कहिँबाट अशुभ समाचार  प्राप्त हुनेछ |  शनि देवको  प्रार्थना तपाईलाई सवल र सक्षम बनाउने अस्त्र बन्न  सक्नेछ| पूर्व दिशाको यात्रा तपाईंका लागि   अर्थपूर्ण देखिनेछ |

बृष राशि

बृष राशि हुने तपाइँको आज शुभ रहनेछ | दिनको सुरुवाती चरणमा   मनमा  खुसी  तथा उल्लास  भरिने देखिन्छ |  दिउसो  अपरान्न  तथा बेलुकाको समय  त्यति सन्तोष युक्त  हुने देखिँदैन | आर्थिक विषयबाट टढा रहेमा राम्रो हुने छ |

मिथुन राशि

तपाइको आजको दिन  शुभ रहनेछ| आर्|  शुभ समाचार सुन्न पाउनु हुने छ  | यहाँले सेतो र हरियो रङको  वस्त्र  प्रयोग गरेमा  दिन झनै बलियो भएर जाने देखिन्छ | हनुमान चालिसा पाठ वा श्रवण गरेमा दिन शुभ रहने छ |

कर्कट राशि

आज तपाईंको दिन त्यति राम्रो देखिँदैन | सानो सानो कुरामा पनि बाबा व्यवधानहरु आइलाग्छन्  |यात्रा गर्दा संयमित हुनु पर्ने देखिन्छ  |  शनिदेवको  प्रार्थना,  शनि स्तोत्र तथा  हनुमान  चालिसाको  पाठ वा  सुनाइले  मात्र पनि तपाईंको शरीरमा उर्जा थप्न  सहयोग गर्नेछ | आर्थिक पाटोमा हात नहाल्दा नै   उपयुक्त हुन्छ |

सिंह राशि

सिंह राशि हुने तपाई जातकको आज  शनिको प्रभावले  असहज अबस्था सृजना हुन्छ|  विशेषगरी पेट र मानसिक   पिरले  सताउने  अवस्था छ|    रातो अनि सेतो वस्त्रको धारण यहाँका लागि दुख  निवारणको  माध्यम बन्नसक्छ | यदि यात्रा गर्ने परेमा पूर्व दिशाको यात्राबाट मात्र दिनको  शुभारम्भ गर्न  सक्नुहुनेछ |

कन्या राशि

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | विगत लामो समयदेखि भेट नभएका आफन्त जन संग भेट हुने अवसर जुर्ने छ  | आफ्नो प्रशंसा  सर्वत्र  देखिन्छ | पहेलो र सेतो रङको वस्त्र धारण तथा हनुमान चालिसाको पाठ  गर्नाले तपाईलाई  झनै  शुभ भएर जाने  योग  देखाएको छ | पूर्व दिसाको यात्रा अर्थपूर्ण देखिन्छ ||

तुला राशि

तुला राशि हुने तपाईको  आजको दिन  उत्तम  किसिमको छ | आर्थिक पाटो मजबुत भएर जाने देखिन्छ भने स्वास्थ्य पनि राम्रो भएर जाने देखिन्छ  |   शनिदेवको प्रार्थना कालो वस्त्र तथा फलाम दान गर्नाले यहाँले असहजता बाट मुक्ति प्राप्त गर्नुहुनेछ |

वृश्चिक राशि

तपाइको आजको दिन  अशुभ रहनेछ | सबैले नकारात्मक तरिकाले हेर्ने देखिन्छ  | | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ |  सन्तान बाट पनि खुसी  प्राप्त  हुन गार्हो देखिन्छ | आर्थिक क्षेत्रमा लगानी नगर्दा राम्रो हुने देखिन्छ |

धनु राशि

आज तपाईंको दिन  मिश्रित अवस्थाको छ | पहिलो समय  राम्रो छ | दिउँसोबाट मनमा तनाब बढेर जाने देखिन्छ  | आर्थिक र व्यवसायिक क्षेत्रमा गरेका लगानी अर्थपूर्ण देखिन्छ |   अनावश्यक  आरोप  लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस  सफलता प्राप्त गर्नुहुनेछ |

मकर राशि

मकर राशि हुने तपाइको आजको दिन उत्तम रहने छ | जीवनलाई सार्थक बनाउनु पर्छ भन्दै निरन्तर कार्यमा लाग्ने जोश बढ्ने छ  | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ | साथीभाइहरूसँग  जमघट  हुने  योग छ |  आफूलाई दक्ष व्यक्तिका रूपमा परिवार तथा समाजमा स्थापित गराउन सक्नुहुनेछ |

कुम्भ राशि

आजको दिन शुभ रहने छ | तपाइको धर्म र यशको प्रशंसा देखिने छ |पूर्व  दिशा  सेतो रङको  वस्त्र  धारणले तपाईंको दिन प्रभावकारी  बनाउन सहयोग गर्छ | आफूलाई एक अब्बल  ब्यक्ति बन्ने महत्वपूर्ण आधारका रुपमा आजको दिन रहनेछ |

मीन राशि

तपाइको आजको दिन  गहन रहने छ  | विद्वान् व्यक्तिको सम्पर्कले जीवन अर्कै तर्फ मोडिन सक्छ  | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | माछा , बाँदरजस्ता प्राणीलाई दाना खुवाएमा तपाईंको आत्मबल झनै  बढेर जाने  देखिन्छ | सबै पक्षबाट राम्रो हुने देखिन्छ |

 


प्रतिक्रिया दिनुहोस्