जर्मन चान्सलर र रुसी राष्ट्रपतिबीच एक घण्टा कुराकानी

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ९ : ४१


काठमाडौं । जर्मन चान्सलर ओलाफ शल्त्सले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग वार्ता गरेका छन्। त्यसक्रममा चान्सलर शल्त्सले सैन्य कारबाही तुरुन्त रोक्न माग गरे।

सरकारका प्रवक्ताले यस्तो जानकारी दिँदै दुई नेताबीच फोनमा कुराकानी भएको जनाएको बीबीसीले उल्लेख गरेको छ।

शल्त्सले त्यसक्रममा पुटिनसँग ती क्षेत्रमा मानवीय सहायताका लागि अनुमति दिन आग्रह गरेका समाचारमा जनाइएको छ।

प्रवक्ताका अनुसार दुई नेताबीच करिब १ घण्टा कुराकानी भएको र चाँडै पुनस् छलफल गर्ने सहमति भएको छ।एजेन्सी


प्रतिक्रिया दिनुहोस्