रुसले युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लियो

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ००


किभ। युक्रेनमाथी आक्रमण गरिरहेको रुसले शुक्रबार युक्रेनको परमाणु केन्द्र नियन्त्रणमा लिएको छ। यो परमाणु केन्द्र युरोपकै सवैभन्दा ठूलो रहेको पनि सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।

आक्रमणका लागि युक्रेन आएका रुसी सुरक्षाकर्मीहरुले परमाणु केन्द्रमा बम प्रहार गरेका थिए। बम आक्रमणका कारण परमाणु कोन्द्रमा आगलागी समेत भएको थियो। त्यसपछि उनीहरुले त्यसलाई नियन्त्रणमा लिएका हुन।

रुसी सैनिकहरूले जापोरिज्या परमाणु केन्द्र कब्जामा लिएको युक्रेनी निकायहरूले नै पुष्टि गरेका हुन। रुसी आक्रमणका कारण उक्त केन्द्रस्थित एउटा पाँचतले भवनमा आगो लागेको थियो।

कर्मचारीहरूले ऊर्जा एकाइको अवस्था निगरानी गरिरहेका छन् भने उनीहरुले कामलाई निरन्तरता पनि दिइरहेका छन्।

युक्रेनको आपतकालीन सेवा प्रदान गर्ने निकायले जापोरिज्यास्थित परमाणु केन्द्रमा लागेको आगो निभाइएको पुष्टि गरेको छ। एजेन्सी


प्रतिक्रिया दिनुहोस्