महिन्द्रा गाडीको केयर फेस्ट अन्तर्गत फ्रि र छुट अफर

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ५ : ४०


काठमाडौं। महिन्द्रा गाडीले केयर फेस्ट अन्तरगत फ्रि र छुट कार्यक्रम ल्याएको छ।

महिन्द्रा फोरव्हीलर गाडीको आधिकारीक विक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटो वर्कश प्रालीले यही फाल्गुन २२ देखि २७ सम्म ६ दिन देशव्यापी महिन्द्रा केयर फेस्ट २०२२ आयोजना गर्ने भएको हो।

जसअन्तरगत ४५–पोईन्ट चेकअप क्याम्पमा फ्रि लेबर चार्ज, फ्रि हेल्थ चेकअप, लुब्रिकेन्ट्स, स्पेयर पार्टसमा १० प्रतिशत छुट र एक्सेसरीजमा २५ प्रतिशत सम्म छुट दिने कम्पनीले जानकारी दिएको छ।

महिन्द्राका ग्राहकवर्गले नेपालमा महिन्द्राको सर्भिस सेन्टरमा उक्त सुविधा पाउँने कम्पनीले जानकारी दिएको छ।

महिन्द्राले हरेक वर्ष केयर फेस्ट गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस्