काठमाडौ। आज शुक्रबार पुँजी बजार रिपोर्टिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंको कमलादीमा नेपाल आर्थिक पत्रकार संघ नाफिज, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सिडिएस एन्ड क्लियरिङ लिमिटेडको संयुक्त आयोजनामा उक्त अन्तरक्रिया सम्पन्न भएको हो।
करिब १ बजेदेखि सुरु भएको कार्यक्रममा विभिन्न सञ्चार माध्यमका ३० जना भन्दा बढी सञ्चारकर्मीको उपस्तिथि रहेको थियो।
पुँजी बजारको बिषयमा सिडिएससीका कार्याकारी अधिकृत पुर्ण प्रसाद आचार्य, सहायक प्रबन्धक योगराज जोसी, नेप्सेका कामु प्रबन्धक निरन्जन फुयल, नेप्सेका सहायक प्रबन्धक मरहरी पराजुली, नाफिजका अध्यक्ष मोदनाथ ढकालहरुले पुँजी बजारको विषयमा विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा सञ्चारकर्मीहरुले आफूलाई लागेको विभिन्न खालका जिज्ञासाहरु राखेका थिए। उक्त जिज्ञासा नेप्सेका पदाधिकारीहरुले मेटेका थिए।
कार्यक्रममा आर्थिक पत्रकारलाई पुँजी बजारबारे ज्ञान दिइएको थियो। कार्यक्रमले पत्रकारको आर्थिक रिपोर्टिङलाई लाभ मिल्ने अपेक्षा गरिएको छ।