पल शाह प्रकरणः पीडितको गोपनीयता हनन् गरे कारबाही हुने ब्युरोको चेतावनी

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ४ : १९


काठमाडौं । नाबालिग गायिकामाथि बलात्कार आरोपमा पक्राउ परेका कलाकार पल शाह प्रकरणमा पीडितको गोपनीयता कायम गर्न प्रहरीले आग्रह गरेको छ।

शुक्रबार प्रहरीको साइबर ब्युरोले विज्ञप्ति जारी गर्दै यस्तो अनुरोध गरेको हो।

बलात्कार आरोपित पललाई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ। तर युट्युब, टिकटकलगायत सामाजिक सञ्जालमा पीडितको गोपनीयता कायम गरिएको छैन। पलमाथि अनुसन्धान चलिरहँदा अभिनेतृ पूजा शर्माले पल निर्दोष रहेको दाबी गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस्