देशमा एउटा राष्ट्रघात थपिएको छः मोहन वैद्य

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ३ : ३९


काठमाडौँमा विप्लव नेतृत्वको नेकपासहित ६ दल र २ मोर्चाको आह्वानमा एमसीसीविरुद्ध जनसभा सुरु भएको छ। हजारौं जनाको सहभागितामा सुरु भएको प्रदर्शन र जनसभामा नेकपाका महासचिव विप्लवलगायत ६ दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

कार्यक्रमको अध्यक्षता गरिरहेका नेकपा क्रान्तिकारी माओवादकिा महासचिव मोहन वैद्य किरणले एमसीसीविरोधी आन्दोलन जारी रहेको र यसको ऐतिहासिक महत्व रहेको बताए छ।

उनले भने, ‘यो राष्ट्रघाती छ। नेपालमा एउटा राष्ट्रघात थप भएको छ। रूपमा यो सम्झौता आर्थिक सहयोग भनेर आइरहेको छ। तर सारमा यो हिन्द प्रशान्त रणनीतिसँग सम्बन्धित छ र नेपाललाई अमेरिकाको सैन्य अखडा बनाउने उद्देश्यमा आधारित रहेको छ।’

उनले यो साम्राज्यवादको नवउपनिवेशवादी चरित्रअनुसार आएकाले कम्युनिस्ट आवरणमा गएका सबैले राष्टघाती सम्झौता एमसीसी पारित गरेर थप राष्ट्रघात गरेको बताए।

देशभक्तहरुले यसको विरोध गर्दै सशक्त आवाज उठाउनु आवश्यक रहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्