नवलपरासी । नवलपरासी पूर्व नवलपुरको बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा (नेपाल कम्युनिष्ट पार्टी) नेकपा विजयी भएको छ।
बौँदीकाली गाउँपालिका वडा नम्बर ५ मा वडा अध्यक्ष पदका लागि भएको उपचुनावमा नेकपाका उम्मेदवार खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको हो। उहाँले ३६७ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार तुलबहादुर रानाको पक्षमा २११ मत खसेको थियो।
यस्तै समाजवादी पार्टीका उम्मेदवार प्रितमबहादुर रानाले ७ मत प्राप्त गर्नुभएको छ ।
आज भएको वडा अध्यक्ष पदको उपचुनावमा कुल ६ सय १५ मत खसेको थियो ।