कांग्रेसले जितेको ठाउँमा नेकपाले खोस्यो

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ३०


सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको वडा नम्बर ८ को अध्यक्षका लागि भएको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केदारनाथ आचार्य विजयी हुनुभएको छ । यसअघि उक्त वडाको वडाध्यक्षमा नेपाली कांग्रेसले जितेको थियो ।

मतगणनामा आचार्यले नेपाली कांग्रेसका अशोक तामाङलाई पराजित गर्नुभएको हो । आचार्य ७१२ मत ल्याएर विजयी हुनु भएको हो । तामाङले ४३९ मत प्राप्त गर्नुभयो ।

इन्द्रावती गाउँपालिका ८ मा १ हजार १ सय ७७ मत खसेको हो । त्यसमध्ये १२ मत बदर भएको थियो । १ हजार ४ सय ४ मतदाता रहेकोमा ८३।६९ प्रतिशत मत खसेको हो ।

कांगेसबाट विजयी वडाध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएपछि यहाँ पुनः चुनाव भएको हो । 
 


प्रतिक्रिया दिनुहोस्