नेकपालाई हराउँदै सप्तरीको छिन्नमस्तामा राजपा विजयी

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ५ : ३०


काठमाडौं । सप्तरीको छिन्नमस्ता–७ मा राजपा उम्मेदवार विजयी भएका छन् । 

 नेकपालाई हराउँदै  राजपाकी प्रमिलादेवी यादव विजयी हुनु भएको हो । उहाँले नेकपाका उम्मेदवार अक्षयलाल यादवलाई ११ मतले पराजित गर्नुभयो ।

प्रमिलाले ५४० मत ल्याउनु भयो भने  अक्षयले ५२९ मत प्राप्त गरेका छन् ।

छिन्नमस्ता–७ मा राजपा र समाजवादी पार्टीले गठबन्धन बनाएर चुनाव लडेका थिए ।


प्रतिक्रिया दिनुहोस्