काठमाडौँ। रुसले युक्रेनमाथि आक्रमण गरेपछि यतिबेला युत्रेनका सेनाले रुसी सेनाको प्रतिकार गरिरहेको छ।
रुसभन्दा कम शक्तिशाली सेना भएको युक्रेनमा रुसी सेना घुसिसकेका छन्। यसबीचमा युक्रेनले आत्मसमर्पण नगर्ने र रुसविरुद्ध अन्तिमसम्म लड्ने बताइसकेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पासपोर्ट ल्याएर सेनामा भर्ती हुन युक्रेनमा बसोबास गर्नेलाई आग्रह गरेका छन्।
यसबीचमा एक नेपाली युवा पनि युक्रेनी सेनामा भर्ती हुने प्रयास थालेका छन्। प्रताप बस्नेत युक्रेनमै काम गर्दै आइरहेका थिए।
उनका अनुसार रुसी सेनाले युक्रेनमा आक्रमण गर्नु मानव अधिकारको हनन् हो। आफूलाई दुःख परेका बेला युक्रेनले खाना, बस्न दिएकाले युक्रेनलाई दुःख परेका बेला आफूले रुसीविरुद्ध लडेर सहयोग गर्ने उनको भनाइ छ।
अन्तिम साससम्म युक्रेनको लागि लड्ने उनले प्रण गरेका छन्।
..(भिडिओ)
युक्रेनको पक्षमा लड्दै नेपाली युवा !! pic.twitter.com/wuGnnozwma
— Chiran Sharma (@chiranuk) March 2, 2022