आजको शुक्रबार ,ग्रह गोचर अनुसार शुभ अशुभ कस्तो रहला आजको दिन ? हेर्नुहोस् राशिफल ………!

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार  ६ : ०२


 

आजको पात्रो :   २०७८ ,फाल्गुन २० ,शुक्रबार द्वितीया तिथि ,उत्तर भाद्रपदा नक्षत्र,ध्वज योग , सुर्योदय : ६ ;२८ ,सूर्यास्त :१८ :५  MARCH 4 2022

आचार्य ज्यो .माधवप्रसाद भुसाल ९८४५६११७०२

मेष राशि  

तपाईको आजको दिन शुभ रहनेछ | हरेक किसिमका बाधाव्यवधानलाई  सजिलैसँग   सामना गर्नसक्ने  क्षमता प्राप्त हुनेछ |  माता सन्तोषीको कृपा अनि आशीर्वाद यहामा पर्ने देखिन्छ |आजको दिन सेतो बस्त्र तपाईलाई सवल र सक्षम बनाउने अस्त्र बन्न  सक्नेछ| पूर्व दिशाको यात्रा तपाईंका लागि   अर्थपूर्ण देखिनेछ |

बृष राशि  

बृष राशि हुने तपाइँको  दिन शुभ   रहनेछ | नया कामको अवसर जुर्ने छ |  सबैको सामु आफूलाई उत्कृस्ट राख्न सफल हुनुहुने छ  | माता लक्ष्मीको कृपा हरबखत बर्षने छ |

मिथुन राशि

तपाइको आजको दिन मिश्रित   रहनेछ| आर्थिक , सामाजिक  अनि  व्यापारिक क्षेत्रमा गरेको लगानीको मुनाफा जाने देखिन्छ |  | यहाँले सेतो र हरियो रङको  वस्त्र  प्रयोग गरेमा  दिन झनै बलियो भएर जाने देखिन्छ |

कर्कट राशि

आज तपाईंको दिन त्यति राम्रो देखिँदैन | सानो सानो कुरामा पनि बाबा व्यवधानहरु आइलाग्छन्  |  मा सन्तोषीको  प्रार्थना,  शनि स्तोत्र तथा  हनुमान  चालिसाको  पाठ वा  सुनाइले  मात्र पनि तपाईंको शरीरमा उर्जा थप्न  सहयोग गर्नेछ | स्वास्थ्य र आथिक पाटोमा संयमित हुनु होला |

 सिंह राशि

सिंह राशि हुने तपाई जातकको आजको दिन शुभ छ |  बिग्रिएको स्वास्थ्य सप्रेर जाने छ |    रातो अनि सेतो वस्त्रको धारण यहाँका लागि दुख  निवारणको  माध्यम बन्नसक्छ | यदि यात्रा गर्ने परेमा पूर्व दिशाको यात्राबाट मात्र दिनको  शुभारम्भ गर्न  सक्नुहुनेछ | आर्थिक कारोबार गर्दा फल राम्रो आउने छ |

कन्या राशि

आज तपाईंको दिन अर्थपूर्ण देखिन्छ | मनमा स्फूर्ति बढने छ | आफ्नो प्रशंसा  सर्वत्र  देखिन्छ | पहेलो र सेतो रङको वस्त्र धारण तथा हनुमान चालिसाको पाठ  गर्नाले तपाईलाई  झनै  शुभ भएर जाने  योग  देखाएको छ | पश्चिम या उत्तर दिशाको यात्रा यहाँका लागि बढी अर्थपूर्ण देखिन्छ |

तुला राशि

तुला राशि हुने तपाईको  आजको दिन  मिश्रित किसिमको छ | आर्थिक पाटो मजबुत भएर जाने देखिन्छ भने स्  केही मात्रामा  विवाद हुने हुँदा असहज परिस्थिति  सिर्जना  गर्नसक्छ |   सन्तोषी माताको स्तुति सेतो बस्त्र धारण महत्त्वपूर्ण अस्त्र  बन्न सक्छ  |

वृश्चिक राशि

तपाइको आजको दिन अत्यन्त शुभ रहनेछ | आफूलाई घरपरिवार र समाजमा स्थापित गराउने समय रहनेछ | सबैले तपाईंको खुलेर प्रशंसा गर्छन् | आध्यात्मिक विषयप्रति रुचि बढेर जाने देखिन्छ |  सन्तान बाट पनि खुसी  प्राप्त  हुने देखिन्छ | धेरै समयपछि आफ्नो  साथी तथा इष्टमित्रलाई भेट्न पाउँदा  म न  धेरै खुसी हुने  देखिन्छ |

धनु राशि

आज तपाईंको दिन  मिश्रित अवस्थाको छ | यात्रा गर्दा अन्य सावधानी अपनाउनुहोला | यात्रामा  लाग्दा गणेशको स्मरण  गरेमा दुर्घटनाबाट बच्न सकिन्छ | आर्थिक र व्यवसायिक क्षेत्रमा गरेका लगानी अर्थपूर्ण देखिन्छ |   अनावश्यक  आरोप  लाग्न सक्छ सचेत बन्दै अगाडी बढ्नुहोस  सफलता प्राप्त गर्नुहुनेछ |

 मकर राशि

मकर राशि हुने तपाइको आजको दिन अत्युत्तम रहेको छ | बिहानैदेखि तपाईंमा जागर  बढ्नेछ | पुराना रोकिएका काम सम्पन्न गर्न आफूलाई समर्पित गर्नुहुनेछ | साथीभाइहरूसँग  जमघट  हुने  योग छ |  आफूलाई दक्ष व्यक्तिका रूपमा परिवार तथा समाजमा स्थापित गराउन सक्नुहुनेछ |

कुम्भ राशि

आजको दिन तपाईंको लामो समय उठ्न रहेको रकम प्राप्त हुने योग   हो | आफूलाई   अरूसामु दरिलो   रुपमा  प्रस्तुत गराउन सफल हुनुहुनेछ |पूर्व  दिशा  सेतो रङको  वस्त्र  धारणले तपाईंको दिन प्रभावकारी  बनाउन सहयोग गर्छ | आफूलाई एक अब्बल  ब्यक्ति बन्ने महत्वपूर्ण आधारका रुपमा आजको दिन रहनेछ |

मीन राशि

तपाइको आजको दिन अत्यन्त लाभदायी रहेको छ | मन प्रफुल्लित हुनुका साथै खुसी साटासाट गर्ने  अवसर प्राप्त हुनेछ | आफ्नो क्षमता चिन्ने आधारका रुपमा पनि आजको दिन रहनेछ | माछा, बाँदरजस्ता प्राणीलाई दाना खुवाएमा तपाईंको आत्मबल झनै  बढेर जाने  देखिन्छ |  आर्थिक पाटोबाट पनि आजको दिन यहाँका लागि अर्थपूर्ण साबित हुनेछ |

 

 


प्रतिक्रिया दिनुहोस्