पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै महंगो

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ९ : २६


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार राति देखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ।

निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ।

निगमका अनुसार ५/५ रूपैयाँ मूल्य बढे पनि पेट्रोलमा अझै ११ रूपैयाँ २८ पैसा घाटा छ। यस्तै डिजेलमा ११ रूपैयाँ ७८ पैसा घाटा र मट्टितेलमा १९ रूपैयाँ ५१ पैसा फाइदा छ।


प्रतिक्रिया दिनुहोस्