खोटाङको साकेला गाउँपालिका ३ मा नेकपाका राई विजयी

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : २४


खोटाङ । खोटाङको साकेला गाउँपालिका– ३ खिदिमाको वडाध्यक्षमा नेकपाका उम्मेदवार विजयी भएका छन् ।

शनिबार राति सम्पन्न मत गणनाअनुसार कांग्रेसका उम्मेदवार शुक्र तामाङलाई १७ मतले पछि पार्दै नेकपाका उम्मेदवार शिवकला राई वडाध्यक्षमा निर्वाचित भएकी हुन् । जम्मा खसेको ७९८ मतमध्ये शिवकलाले ३९१ र शुक्रले ३७४ पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । समाजवादीका रमेश राईले १५ र राप्रपाका इन्द्रबहादुर खड्काले १ मत मात्र पाएका छन् ।

तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित मणिकुमार राईको निमोनियाका कारण गत बैशाख ९ गते मृत्यु भएपछि रिक्त स्थानमा वडाध्यक्ष चयनका लागि उपनिर्वाचन गरिएको हो । वडाध्यक्षमा विजयी शिवकला स्वर्गीय मणिकुमारका श्रीमती हुनुहुन्छ । खिदिमामा कुल मतदाता १ हजार ३०३ मध्ये ५०५ मत नखसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस्