कांग्रेसले पनि बैतडीबाट झिनो मतले खोल्यो खाता

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ४ : १७


काठमाडौं । आज भएको उपनिर्वाचनको परिणाम धमाधम आइरहेका छन् । धेरै स्थानहरुमा नेकपाका उम्मेदवारहरु विजयी भएका परिणामहरु आइरहँदा नेपाली कांगेसले पनि बैतडीबाट खाता खोलेको छ ।

बैतडी जिल्लाको सुर्नया गाउँपालिका १ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका गजेन्द्र बहादुर चन्दले २१९ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवारले २१५ मत प्राप्त गरेका थिए । चन्द जम्मा ४ मतको अन्तरले विजयी भएका हुन् ।

बैतडीको दोगडाकेदार गाउँपालिका ४ र पुर्चौडी नगरपालिका ४ मा पनि निर्वाचन भएको थियो । दोगकेदारमा राति १०.३० बजेबाट मतगणना हुँदैछ । पुर्चौडी नगरपालिका ४ मा भने मतगणना जारी छ ।
 


प्रतिक्रिया दिनुहोस्