काठमाडौँ । सिन्धुपालचोकको इन्द्रावती गाउँपालिका–८ मा पनि नेकपा विजयी भएको छ।
नेकपाका वडा अध्यक्ष उम्मेद्वार केदार आचार्य ७१३ मतसहित विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेद्वार राले तामाङ (अशोक) को पक्षमा ४३९ मत खसेको थियो। उपनिर्वाचनमा यो वडा अध्यक्षमा नेकपाको पाँचौ जित हो।