जनकपुरधाम । उपनिर्वाचन चलिरहेको मौकामा सिरहाबाट ८ कैदी फरार भएका छन्। सिरहाको सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालय मातहतमा रहेको नगर प्रहरीबाट ८ कैदी फरार भएको जिल्ला प्रहरी कार्यालयले सिरहाले जनाएको छ।
विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना कैदी आज बेलुकी जेल तोडेर फरार भएका हुन्। सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले ७,८ जना थुनुवा भागेको जानकारी आफूलाई आएको जानकारी दिनुभयो।
उहाँले भन्नुभयो, ‘म अहिले सिरहाको कल्याणपुरको एक वडामा भएको उपनिर्वाचनमा मतगणना स्थलमा छु। भर्खरै ७, ८ कैदी फरार रहेको खबर प्राप्त भएको छ। यस बारेमा थप बुझ्ने प्रयास गरिरहेको छु।