तेस्रो संस्करणको हाइड्रो एक्स्पो चैत्र तेस्रो साता हुने

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  १ : ४६


काठमाण्डौ । हाइड्रो एक्स्पो चैत्र तेस्रो साता हुने भएको छ । राजधानीको भृकुटीमण्डपमा तेस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२२ आयोजना हुने भएको हो ।

स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको संयुक्त आयोजनामा नेपालको जलविद्युतको बजारीकरण भन्ने नाराका साथ उक्त एक्स्पो हुने भएको छ।

नेपालस्थित भारतीय राजदुतावासको समन्वय, बेलायती राजदुतावास र क्यानेडियन हाइ कमिशन कन्ट्री पार्टनर रहने गरि भृकुटीमण्डपको प्रदर्शनी हलमा एक्स्पो आयोजना हुन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

भारतीय राजदुतावासको समन्वयमा एक्स्पो आयोजना हुँदा नेपाल र भारतका उर्जासम्बद्ध व्यक्ति तथा संस्थाका बिचमा पारस्परिक सहकार्यमा समेत सहजता आउने इपानका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्