स्प्राइट पिऔं सामसङको फोन जितौं

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ११ : ३३


काठमाडौं। स्प्राइटले “स्प्राइटसँग जित्ने मौका” नामक क्याम्पेनको शुरुवात गरेको छ।

जस अन्तरगत हरेक घण्टा एउटा सामसङ स्मार्ट फोन,
हरेक हप्ता स्मार्ट वाच र सामसङ स्मार्ट फोन जित्न सकिने कम्पनीले जानकरी दिएको छ।

क्याम्पेन अन्तर्गत ९ जनाले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्।

त्यसका साथै हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका समेत पाउने कम्पनीले जानकारी दिएको छ।

यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ अथवा स्प्राइट नेपालको वेबसाइटमा लग इन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडी रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ।

सहभागीहरुले आफ्नो पूरा नाम सहित ३४९४९ नम्बरमा लेबलको पछाडी रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन्।

उक्त योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ।

यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १।५ लिटर, र २।२५ लिटरमा लागु हुनेछ ।

ग्राहकहरुले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफुसँग राख्नुपर्ने छ।


प्रतिक्रिया दिनुहोस्