मतगणना सुरु हुनु अघि विद्या भट्टराईले गरिन् ट्विट

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  २ : ४२


पोखरा । सर्वाधिक चासोका साथ हेरिएको कास्की क्षेत्र नं २ मा अबको केहि समयमा मतगणना सुरु हुँदै छ ।

तत्कालिन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको यस क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको लागि शनिवार निर्वाचन भएको हो ।

निर्वाचन सम्पन्न भएपछि सत्तारुढ नेकपाको उम्मेदवार विद्या भट्टराई ट्विट गर्दै सबैलाई धन्यवाद दिनु भएको छ ।

यस्तै साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले चुनावि नजिता पार्टीले स्वीकार्ने बताउनु भएको छ । 

यो क्षेत्रमा नेकपाकी भट्टराईसँगै कांग्रेसका खेमराज पौडेल, समाजवादी पार्टी नेपालका धर्मराज गुरूङ र  साझा पार्टीकी रजनी केसी चुनावी मैदानमा हुनुहुन्छ । 

कास्की क्षेत्र नं २ का लागि ८२ वटा मतदानकेन्द्रमा भएको निर्वाचनमा ६५ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान रहेको जिल्ला निर्वाचन कार्यालय, कास्कीका प्रमुख महेन्द्रराज सुवेदीले जानकारी दिनुभयो ।

शहीद चोकस्थित जिल्ला समन्वय समितिको सभाभवनमा सबै मतदान केन्द्रबाट मतपेटिका आइसकेपछि आजै राति मतगणना शुरु हुने सहायक मतदान अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिनुभयो । सबै मतपेटिका प्राप्त हुनासाथ सर्वदलीय बैठक आह्वान गरी मतगणना शुरु गरिने उहाँले बताउनुभयो ।

उम्मेदवारको प्रतिनिधिले गणनामा कुनै पनि बाधा अवरोध पु¥याउन नपाउन् र गैरकानूनी कार्य रोक्नका लागि तारबार लगाइएको बताइएको छ । दुई स्थानबाट गणना शुरु गर्ने योजना रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्