यस्तो छ आजको मौसम…

प्रकाशित मिति : १९ फाल्गुन २०७८, बिहिबार  ८ : ०५


काठमाडौं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिमका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आँकलन पनि गरिएको छ।

राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।


प्रतिक्रिया दिनुहोस्