सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षमा ११२४ मतमध्ये ७९२ मत ल्याउँदै नेकपाका उम्मेदवार धर्मे बुढाथोकी विजयी हुनुभएको छ ।
निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खडक बहादुर बोहरा २५१ मत र राप्रपाका गोपाल शाह २१ मत ल्याउनु भएको छ ।
६० मत बदर भएको छ ।
यो सँगै उपनिर्वाचनमा नेकपाले ३ ठाँउमा विजयी हासिल गरेको छ । प्रतिपक्षी काँग्रेस लगायतका दलले खाता खोल्न सकेका छैनन् ।
यो पनी
मन्त्री मगरको निर्वाचन क्षेत्रमा नेकपा विजयी
रोल्पाबाट नेकपाको विजयी सुरुवात