सर्लाही । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज लालबहादुर तामाङलाई प्रहरीले प्रकाउ गरेको छ ।
विप्लवको पार्टीको जनकपुर ब्युरोले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी सङ्गठनको कामको सिलसिलामा जनभेटघाटमा रहेको बेला तामाङलाई प्रकाउगरिएको जनाएको छ ।
तत्कालिन जिल्ला इन्चर्जा कुमार पौडेलको प्रहरीले हत्या गरेपछि विप्लव नेकपाले सर्लाहीको जिम्मेवारी तामाङलाई दिएको थियो ।